७ चैत, काठमाडौं । २१ औं डाउन सिन्ड्रोम दिवस बिहीबार काठमाडौंको बसन्तपुरमा मनाइएको छ । डाउन सिन्ड्रोम कुनै रोग होइन मानवीय अवस्था हो भन्ने सन्देश प्रवाह गर्दै नेपालमा पनि विश्व डाउन सिन्ड्रो दिवस मनाइएको छ ।
डाउन सिन्ड्रोम एसोसिएसन नेपालको आयोजनामा गरिएको कार्यक्रममा बसन्तपुरमा डाउन सिन्ड्रोम भएका बालबालिकाले नाटक र नाच देखाएका थिए ।
हरेक वर्ष २१ मार्चलाई डाउन सिन्ड्रोम दिवसका रुपमा अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिन्छ । नेपालमा डाउन सिन्ड्रोम भएका मान्छेहरुको कुनै यकिन तथ्यांक छैन ।
डाउन सिन्ड्रोम भएका बालबालिकाप्रति सकारात्मक व्यवहारका लागि चेतना जगाउन बसन्तपुर दरबार क्षेत्र बत्ती बालेर उज्यालो पारिएको थियो ।
हेर्नुहोस् तस्वीरहरु
 
 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4