Comments Add Comment

एनसेलले ल्यायो रमाइलो एसएमएस योजना

२१ असोज, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रमाइलो एसएमएस योजना ल्याएको छ । यस योजनामा एनसेलका प्रिपेड ग्राहकले कुनै पनि एनसेल नम्बरमा १० पैसाको दरमा एसएमएस पठाउन सक्नेछन् ।

ncellरमाइलो एसएमएस असोज २१ बाट लागू हुने कम्पनीले जनाएको छ । एनसेलका प्रत्येक प्रिपेड ग्राहकले कर वाहेक २ रुपैयाँ सेवा शुल्कमा दैनिक रुपमा यो योजनामा सहभागी हुन सक्नेछन् । प्रति एसएमएस १० पैसाका दरले एनसेलको कुनै पनि नम्बरमा जति पनि एसएमएस पठाउन सकिने छ ।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो मेसेज बक्समा गई ‘डिआई’ टाइप गरी १७११९ मा एसएमएस पठाई यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले चाहेमा स्वतः नविकरण हुने गरी पनि सहभागी हुन सक्छन् ।

यसका लागी आफ्नो मेसेज बक्समा गई ‘डि’ टाइप गरी १७११९ मा एसएमएस पठाउनुपर्ने हुन्छ । यसरी एक्टिभेट गरेको दैनिक प्याकको अवधि मध्य रातसम्म मान्य हुनेछ ।

‘ग्राहकहरुको बढ्दो संचार आवश्यकतालाई ध्यानमा राख्दै हामीले रमाईलो एसएमएस सेवा ल्याएका हाैं, यो सेवाले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पुर्‍याउने विश्वास छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यो योजना तिन महिनाको लागी मान्य हुुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment