Comments Add Comment

प्रधानमन्त्रीका लागि सघाउन परिवार दललाई ओलीको आग्रह

Oli-and-Eknath२२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको लागि हुने निर्वाचनमा आफूलाई सघाउन नेपाल परिवार दललाई आग्रह गरेका छन् ।

बिहीबार ओली र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालबीच भएको भेटमा ओलीले प्रधानमन्त्रीको लागि आफूलाई सहयोग गर्न आग्रह गरेको परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेलले जानकारी दिए ।

भेटमा संविधान जारी भएपछि देशमा देखिएको परिस्थितिका बारेमा छलफल भएको थियो । वर्तमान समस्या समाधानका लागि वार्ताको माध्यमबाट सम्पूर्ण समस्या समाधान गर्नुपर्ने तथा यस्तो चूनौतिपूर्ण घडीमा सबै मिलेर अघि बढ्ने विषयमा कुराकानी भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment