+
+

०४५ सालको नाकाबन्दीले नमुना बन्यो रुपाल गाविस

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते ७:२३

२३ असोज, डडेलधुरा । भारतमा मजदुरी गरी जिविकोपार्जन गर्दे आएका रुपालका राजेन्द्र पाण्डे ०४५ सालमा भारतले लगाएको नाकाबन्दी कारण आत्मनिर्भर बने ।

Dadeldhuraरोजगारीका लागि भारत जाने गरेका उनी ०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि भारत पसेनन् । उनलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना जागृत भयो । र, उनले गाउँमै ब्यवसायिक तरकारी खेती शुरु गरे, नागरिक दैनिकमा खबर छ ।

तरकारी खेती शुरु गरेपछि उनी मात्र होइन, रुपाल पनि जिल्लाकै नमुना गाविस बनेको छ । पाण्डेले तरकारी खेती शुरु गरेपछि गाउँभर तरकारी खेती फैलिएको छ ।

तर, अहिले फेरि भारतले नाकाबन्दी गरेपछि पाण्डे निकै दुखी छन् । पटक पटक भारतले नाकाबन्दी गरी ‘दादागिरी’ गर्न खोजेको उनको आरोप छ । ‘नाकाबन्दी हुँदैमा डराउनु पर्दैन’, उनी भन्छन्, ‘गरे यहिँ सुन फल्छ ।’

स्वदेशमै कृषिजन्य वस्तु उत्पादन गरी आत्मनिर्भर बन्नुपर्ने उनी सुझाउँछन् । गाउँमा कृषि उत्पादन शुरु गरे कृषिमा आत्मनिर्भर बन्न सकिने उनको भनाई छ ।

०४५ सालमा भारतले नाकाबन्दी लगाएकै कारण भारतसँग जोडिएका रुपाल, शीर्ष र जोगबुढा गाविसमा स्थानीय उत्पादनमा जोडिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?