+
+

मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका कर्मचारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १६:०२

७ जेठ,विराटनगर । मोटरसाइकल दुर्घटनामा परि मोरङको ग्रामथान गाउँपालिकाका ओभरसियर (सब इन्जिनियर)को मृत्यु भएको छ ।

आइतबार राति गाउँपालिकाका ओभरसियर ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो । सप्तरी घर भएका खान विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए ।

उनले चलाएको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–५ तेतरिया चोकमा राति ८:५० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा खान गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनालगत्तै टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?