+
+
Shares

गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा बुलेट मोटरसाइकल डिभाइडरमा ठोक्किँदा २१ वर्षीय किशोरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • आज बिहान करिब ४ बजे भएको दुर्घटनामा परेका उनलाई भक्तपुरको अस्पतालमा लगिएको थियो, तर उपचार सफल भएन ।
  • गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना हुँदा १० जना सामान्य घाइते भएका छन् ।

८ असोज, काठमाडौं । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २१ वर्षीय किशोरको मृत्यु भएको हो ।

उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको मोटरसाइकल र मृतकको थप विवरण खुलेको छैन ।

गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना भएकोमा १० जना सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?