+
+
Shares

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २९ वर्षीय अनिल राईको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते राईको विराट मेडिकल कलेज टिचिङ अस्पताल, मोरङमा उपचारका क्रममा निधन भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
  • मोटरसाइकलमा सवार अर्को एक घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।

२ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ ।

को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?