+
+

‘रअ’का पूर्वप्रमुख माथुरसँगै प्रभातरञ्जन पनि काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १०:०६

२४ असोज, काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वप्रमुख एबी माथुर अघिल्लो सातादेखि काठमाडौंमै बसेर ‘माइक्रो म्यानेजमेन्ट’मा लागेका छन् । यसैवीच ‘रअ’का निवर्तमान नेपाल प्रमुख प्रभातरञ्जन सिंह पनि काठमाडौंमै देखिएका छन् ।

नेपालको राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ नगर्ने मोदीको पूर्वघोषणा विपरीत पुरानै गतिविधि गरेपछि भारत सरकारबाट फिर्ता बोलाइएका सिंह पुनः सुटुक्क नेपाल आएका हुन् ।

माथुर चाहिँ भारत सरकारकै दूतका रुपमा एकै सातामा दुईपटक काठमाडौं आएका हुन् ।

नेपालमा ‘रअ’को असफलता

नेपालको राजनीतिमा भारतले दुईवटा ‘विङ’ प्रयोग गर्दै आएको छ, एउटा ‘रअ’ र अर्को राजनीतिक । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालीहरुले यो आशा गरेका थिए कि भारतले अब ब्यूरोक्रेटिक एवं ‘रअ’को माध्यमबाट नभई राजनीतिक हिसाबले नेपालसँग समान सम्बन्ध राख्ने छ ।

narendra modi_reutersतर, अहिलेसम्म नेपाल नीतिमा मोदीको प्रभाव कम र गुप्तचर एवं कर्मचारीहरुको प्रभाव बढी देखिएको छ, जसका कारण नेपालमा भारतले बदनामी खेप्नुपरेको छ । सुरुमा मोदीले सुधार गरेको नेपाल-भारत सम्बन्धलाई कर्मचारी र गुप्तचर अधिकारीहरुले बिगारेका छन् ।

पछिल्लो समयमा संविधानलाई स्वागत नगरेर गल्ती गरेको भारतले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न लागेका बेला उनको विरुद्धमा गतिविधि अघि बढाएर आफूलाई थप बदनाम बनाएको छ । यसमा नेपालका लागि भारतीय राजदूत र गुप्तचर अधिकारीहरु नै बढी दोशी छन् । उनीहरुले आफ्नो विदेश मन्त्रालयलाई गलत रिपोटिङ गरेर प्रभावमा पार्दै आएका छन्, जसलाई मोदीले हस्तक्षेप गर्न सकेका छैनन् ।

नेपालमा प्रधानमन्त्रीको चुनाव हुने बेलामा भारतीय राजदूत रञ्जित रायले पूर्व गुप्तचर प्रमुख माथुरलाई लिएर ‘माइक्रो म्यानेजमेन्ट’मा सक्रियता बढाउनुले भारत थप विवादमा परेको छ ।

तर, भारतीय गुप्तचर अधिकारीहरु नेपाल र भारतको सम्बन्ध सहजीकरणमा पुनः एकपटक असफल सावित हुने अवस्थामा पुगेका छन् । नेपाल मामिलामा काम गर्ने ती अधिकारीहरु अब मोदी सरकारको विभागीय कारवाहीमा पर्ने लगभग निश्चित छ, नेपालमा प्रधानमन्त्रीको निर्वाचनपछि ।

दुबै राजदूत तानिने संकेत

नेपालमा सरकार परिवर्तनसँगै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइने सम्भावना रहेको कूटनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
Deep-and-Ranjeet
उपाध्याय कांग्रेसका नेता भएका कारणले मात्रै होइन कि नाकाबन्दीका बेला उनले भारतसँग सम्बन्ध सहजीकरणका लागि राम्रो भूमिका खेल्न नसकेको नेताहरुको मूल्यांकन छ ।

त्यसैगरी अब केपी ओली प्रधानमन्त्री बन्नासाथ नेपालका लागि भारतीय राजदूत रञ्जित राय पनि दिल्ली फिर्ता हुने अर्को सम्भावना बढेको छ ।

ओलीसँग पहिल्यैदेखि राम्रो सम्बन्ध नरहेका रायकै भूमिकाका कारण नेपाल-भारतवीचको सम्बन्धमा सुधार नआउने देखेर मोदीले उनलाई फिर्ता बोलाउने अनुमान नेपालका नेताहरुको छ ।

राजदूत रायलाई फिर्ता बोलाउने र गुप्तचर एवं कर्मचारीतन्त्रको प्रभाव हटाएर मोदीले नेपालसँग राजनीतिक व्यवहार गर्ने हो भने ओली नेतृत्वको सरकारका बेला भारत-नेपाल सम्बन्ध सहज हुन सक्ने धेरैको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?