Comments Add Comment

गर्भावस्थामा यसकारण खानुपर्छ अण्डा

eggगर्भावस्थामा महिलाहरुलाई विभिन्न खाले पौष्टिक तत्वको आवश्यकता पर्दछ । त्यसैले विभिन्न खाले पौष्टिक तत्व भएका खानेकुराहरु अर्थात् सन्तुलित भोजनको सेवन गर्नुपर्छ । गर्भवतीले आफ्नो खानामा समावेश गर्नैपर्ने खानेकुरा मध्ये अण्डा एक महत्वपूर्ण खानेकुरा हो ।

अण्डामा पर्याप्त मात्रामा प्रोटिन, फ्याट, लवण तथा अन्य खाले पौष्टिक तत्व पनि पाइन्छ । शरिरका लागि अत्यावश्यक तत्वहरु सेलेनियम, जिंक, भिटामिन ए, डी तथा बी लगायतका पौष्टिक तत्वको राम्रो श्रोत हो अण्डा । त्यसैले अण्डालाई सुपर फुड पनि भनिन्छ ।
यद्यपि अण्डालाई आफ्नो पोषणको हिस्सा बनाउनका लागि केही महत्वपूर्ण कुराहरुमा ध्यान पूराउनुपर्छ ।

अण्डालाई सम्भव भएसम्म फ्रीजमा राख्नुहोस् । जब अण्डा पकाउनका लागि फोड्नुहुन्छ र झोल भाँडोमा खन्याउनुहुन्छ तब त्यो अण्डाको भित्री भाग सद्दे रहेको वा कुनै गन्ध आए नआएको कुरा एकिन गर्नुपर्छ । अण्डा पकाएको दुइ घण्टाभित्रमा खाइहाल्नु राम्रो हुन्छ र पकाएपछि लामो समयसम्म राख्नु हुँदैन । अण्डा स्वास्थ्यका लागि लाभदायक छ, तर दिनमा दुइवटा भन्दा बढि अण्डा खानु भने राम्रो हुँदैन । त्यस्तै कोलेस्ट्रोलको समस्या भएकाहरुले पनि अण्डाको पहेँलो भाग खानु हुँदैन । गर्भावस्थामा अण्डाका फाइदा यस्ता छन् :

  •  अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा अध्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भ्रुणको राम्रोसँग विकाश हुन पाउँछ ।
  • अण्डामा सबै १२ थरी भिटामिनका साथै विभिन्न खाले लवण पनि पाइन्छ । अण्डामा पाइने कोलिन तथा ओमेगा थ्री फ्याट्टी एसिडले गर्भको बच्चाको समग्र विकाशलाई बढावा दिन्छ । यसको सेवनले बच्चामा मानसिक समस्या हुने जोखिम कम हुनुका साथै मस्तिष्कको भरपूर विकाश हुन्छ ।
  •  गर्भवती महिलालाई दिनमा सामान्य अवस्थामा भन्दा दुइ सय देखि तीन सय सम्म थप क्यालोरी आवश्यकता पर्दछ । यो क्यालोरी आमा र गर्भको बच्चा दुबैको लागि आवश्यक हुन्छ । एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । त्यसैले अण्डाको सेवनले गर्भवतीलाई आवश्यक पर्ने क्यालोरीको ठूलो हिस्सा आपूर्ति गर्न सक्छ ।
  • तर झाडापखाला, वान्ता, फुड प्वाइजनिंग भएको बेलामा भने अण्डा खानु हुँदैन । त्यसको साथै पाचन क्रिया कमजोर भएका महिलाले पनि डाक्टरको सल्लाह लिएर मात्रै अण्डाको सेवन गर्नु राम्रो हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment