+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

थारु-मधेसी भाइ भाइ भन्दै वीरगञ्जमा निस्कियो जुलुस

१ कात्तिक, वीरगंज । संघीय समावेसी मधेसी मोर्चा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको समर्थनमा आइतबार बारा र पर्साका थारु समुदायले वीरगन्जमा प्रदर्शन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १७:४४

Birganj-ma-julus

अमित अग्रवाल
१ कात्तिक, वीरगंज । संघीय समावेसी मधेसी मोर्चा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको समर्थनमा आइतबार बारा र पर्साका थारु समुदायले वीरगन्जमा प्रदर्शन गरेका छन् ।

मोर्चाले गरेको अनिश्चितकालिन बन्दकोे ६६ औं दिन र नेपाल-भारत नाकाबन्दको २५ आंै दिन थारु समुदायले आन्दोलनप्रति एक्यवद्धता जनाउँदै र्‍याली निकालेका हुन् ।

हात्ती र बाजागाजा सहित सहभागिहरुले थारु मधेसी भाईभाई, थारु-मधेसी एकता जिन्दावाद, मधेसमा हत्या हिंसा र दमन बन्द गर, मधेसीसंग भएको सम्झौता लागु गर, मधेस विरोधी सविधान खारेज गर लगायतका नारा लगाएका थिए । उनीहरु नाराबाजी गर्दै वीरगंज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा पुगेर धर्नामा बसेका छन् ।

संघीय समावेसी मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता, राजेशमान सिंह, निजामुदिन समानी, प्रेमबाबु पटेल, शशिकपुर मियाँ, शिव पटेल, सुधिरनाथ पाण्डे, प्रदिप चौरसिया, किशोरी यादव, प्रदिप यादव, पुरषोत्तम झा, मुस्तकिम अंसारी, राजकुमार यादव लगायतले थारु समुदायको जुलुसलाई मितेरी पुलमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?