+
+

मधेसी मोर्चाको नेताले भने- सरकार उदासिन भए जनमत संग्रह माग्छौं

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १४ गते १६:१५

१४ कात्तिक, काठमाडौं । मधेसी मोर्चाको वार्ता टोली सदस्य लालबाबु राउतले सीमांकनमा सरकार उदासिन भए मधेसले जनमत संग्रहको माग अगाडि बढाउने चेतावनी दिएका छन् ।

Lalbabu-Rautआफूहरु अखण्ड नेपालकै पक्षमा रहे जनमत संग्रहको पेण्डुर बाकसबाट के के निस्कन्छ अहिले नै भन्न नसकिने उनको भनाइ छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा संघीय समाजवादी फोरमका सांसद समेत रहेका राउतले सरकारले अबको बार्तामा सीमांकनको स्पष्ट खाँका नल्याए बार्ता भंग हुने चेतावनी दिए ।

पहिलो उच्चस्तरीय राज्य पुनसर्ंरचना आयोगको प्रतिवेदन आफूहरुको बटमलाइन भएको भन्दै अहिले सरकारले वार्ताको नाटक मात्र गरिरहेको आरोप लगाए । ‘हामी वार्ताकै पक्षमा छौं । सरकार तपाईहरुको एजेण्डा छैन भन्छ, त्यसो भए किन संविधान संसोधन प्रस्ताव दर्ता गराएको ?’ राउतले भने-‘हामीलाई अहिले किन वार्ता गरेको भन्ने दबाव छ, यस्तै अवस्था रहे हामी बार्ता भंग भएको घोषणा गर्छौ ।’

वार्ताको लागि सरकारले आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति, सहिद घोषणा, घाइतेको निःशुल्क उपचार, सम्पत्ति नष्ट भएकालाई क्षतिपूर्ति र दमनको न्यायिक छानविन आयोग गठन गर्नु पर्ने उनले बताए ।

मधेस आन्दोलनलाई नेपाल भारत सीमासम्म पुर्‍याउने काम राज्यले नै गरेको उउनले बताए राउतले चीनको झण्डा जलाउनु गलत भएको भन्दै यसमा राज्यकै षडयन्त्र भएको दावी गरे ।

कार्यक्रममा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सम्वादबाट समस्याको हल गर्न नसके जनमतसंग्रहबाट समस्याको समधान गर्नु पर्ने बताए । उनले भने-‘देशलाई टुक्रनबाट बचाउन, एकतालाई अक्षुण राख्ने अन्तिम हतियार जनमत संग्रह हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?