Comments Add Comment

कर्णालीमा परेको खडेरीले भोकमरी हुने संकेत

Karnali Agroo 2

१५ कात्तिक, काठमाडौं । कर्णालीमा परेको खडेरीका कारण खाद्य संकट चुलिने भएको छ । खडेरीका कारण स्थानीय कृषि उत्पादन ५० प्रतिशतले घट्ने भएपछि कर्णालीले यो वर्ष थप खाद्य संकटको सामना गर्नुपर्ने भएको हो ।

तर, भारतीय नाकाबन्दी र सरकार गठनको प्रक्रियाले कर्णालीको खडेरी र खोटांगको असीना ओझेलमा परेको खाद्ययका लागि कृषि अभियानका संयोजक डा. कृष्ण पौडेलले बताए ।

खडेरीका कारण कर्णालीका ५ जिल्ला (हुम्ला, जुम्ला, मुगु, कालिकोट डोल्पा) र बाजुरा र बझांगमा यो वर्ष ५० प्रतिशतभन्दा बढी कृषि उत्पादनमा कमी आउने प्रारम्भिक अनुमान रहेको पौडेलले बताए ।

कर्णाली क्षेत्र आफैंमा सुख्खा क्षेत्र भएपनि यो वर्षको खडेरीले यस क्षेत्रमा ठूलो खाद्यान्न संकट र कुपोषण्को संकट आइपर्ने उनको ठहर छ ।

Karnali Agroo 3

आर्थिक उत्पादनले जीबीकोपार्जन नहुने यस क्षेत्रका वासिन्दा भोकमरी छल्न भारत पलायन हुने समस्या अझै बढ्ने उनले बताए ।

कर्णाली सुख्खा भएकाले सोही विषेशताका आधारमा कृषि रणनीति नबनाएसम्म कर्णालीको समस्या समाधन नहुने पौडेलले बताए ।

स्थानीय जातका खाद्यान्न बाली चिनो र कागुनो लोप हुने अवस्थामा पुगिसके उनले भने कृषि विभागले सिफारिस गरेको बाहिरबाट लगिएको उन्नत जानतका बालीमा दाना नलाग्ने समस्या छ ।

धान, सिमी, कोदो, तरकारी बालीको उत्पादन घटेकाले खाद्य संकट बढ्ने जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । यो वर्ष धान खेती झण्डै ४५ प्रतिशतले घट्ने कृषि कार्यालयको प्रारम्भिक अनुमान छ । यस्तै कोदो ४० प्रतिशत र अरु बाली ३०देखि ४० प्रतिशतले घट्ने प्रारम्भिक अनुमान छ ।

Karnali Agroo 4

पहिले ४ क्वीन्टलसम्म धान फल्ने खेतमा यो वर्ष ४ पाथी पनि नफलेको स्थानीय कृषकहरुको गुनासो छ । मुख्य बाली धानमा बाला लागेपनि पर्साउने बेला पानी नपर्दा भुसमात्रै छ । खडेरीले मकैका घोगा पनि पुड्का र थोतै छन् ।

मुगुमा २०३२ सालपछि यस्तो खडेरी परेको हो । जिल्लामा खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने अवस्था छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा १८ हजार ४ सय २१ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ९० प्रतिशत अर्थात १७ हजार ४ सय ४६ हेक्टर जमिनमा सिचाँइको सुविधा छैन ।

सिचाँई सुविधा नभएकैले यो वर्ष खडेरीले खाद्यान्न बालीमा ठूलो क्षति पुगेको छ । कृषि विकास कार्यालय मुगुका अनुसार यसवर्ष खडेरीले २१ करोडभन्दा बढीको खाद्यान्न बालीमा क्षति पुगेको छ ।

Karnali Agroo 5

रारा, जिमा, कालै, तार्थपू, भिइ, फोतु र धैनकोटमा सबैभन्दा बढी क्षति पुगेको कृषि विकास कार्यालयका योजना अधिकृत बद्रीनारायण देवले जानकारी दिए । गएको वर्ष पनि असिना पानीले जिल्लाका ७ गाविसमा १४ करोड बराबरको अन्नबाली नष्ट भएको थियो ।

अघिल्लो वर्ष भित्राउन ठिक्क पारेको बाली असिना पानीले नष्ट गरेपछि चिन्तामा परेका किसान यो वर्ष खडेरीले अन्न नफलेपछि भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment