Comments Add Comment

माडीका नौ खोलामा पुल निर्माण शुरु

२ चैत, भरतपुर ।बोलपत्र भएको एक वर्षपछि चितवन माडीका नौ पुलको निर्माण कार्य शुरु भएको छ ।  चितवन राष्ट्रिय निकुञ्जले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नभएको भन्दै रोक लगाएपछि निर्माण कार्य अलपत्र परेको थियो ।

एक साताअघि मात्र इआइएको काम टुङ्गिएपछि पुल निर्माणको काम शुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । “बोलपत्र भएको एक वर्षपछि नौ खोलामा पुल निर्माण शुरु भएको छ”, उनले भने”, अन्य तीन पुलको पनि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर आइसकेको छ ।”

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने रिउ, बगर्ई, घाँघर, तुनामुना, परवी, पतरे, रिमाल, बाँदरमुढे र मुगई खोलमा पुल निर्माणका लागि बोलपत्र भएको हो । यस्तै भालु, रतनी र चितही खोलाको पुल निर्माणका लागि एक हप्ताभित्र बोलपत्र आह्वान हुने प्रमुख ढकालले बताउनुभयो । माडीका १२ वटा पुल निर्माणका लागि करीब रु ८२ करोड लागत लाग्ने उहाँले बताए ।

घाँघर र रिमाल खोलमा पुल निर्माणको काम शुरु भइसकेको छ भने अन्य खोलामा तत्काल काम शुरु हुने हुलाकी राजमार्गअन्तर्गतको योजना कार्यालय वीरगञ्जका निमित्त योजना प्रमुख श्यामनारायण मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment