+
+
Shares

सिरहामा सकेट बमजस्तो वस्तु फेला, नेपाली सेनाले गर्‍यो डिस्पोज

सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा सकेट बमजस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेना पुगेर डिस्पोज गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १९:५४

२८ भदौ, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा सकेट बमजस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेना पुगेर डिस्पोज गरेको छ ।

आइतबार दिउँसो करिब साढे ४ बजे स्थानीय जयनारायण कामतको खेतको आलीमा उक्त वस्तु फेला परेको हो ।

उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट प्रहरी टोली कामतको खेलमा पुगेको थियो ।

वस्तु शंकास्पद् लागेपछि प्रहरीको खबरअनुसार नेपाली सेनाको नन्दाबक्स गण, चोहर्वा सिरहाबाट बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।

उक्त टोलीले अहिले साँझ साढे ६ बजे उक्त वस्तुलाई डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले जानकारी दिए ।

उक्त वस्तु बम भए–नभएको कुरा सेनाले खुलाइनसकेको एसपी पाठकले जानकारी दिए । सोबारे अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?