+
+

जनकपुर–जयननगर रेल्वेको निरीक्षण गर्न पुगे भारतीय राजदूत

रासस रासस
२०७५ चैत २ गते १७:१५

२ चैत, धनुषा,। नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन् ।

उहाँले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरे । उनी अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए । पुरी र उहाँको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरीे निरीक्षण गरेका थिए ।

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाका अनुसार राजदूत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन । भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?