+
+
Shares

मधेश सरकारले पहिलोपटक आफैं छाप्यो सवारी चालक अनुमतिपत्र, वितरण सुरु

पहिलोपटक ३ हजार ८१ वटा लाइसेन्स छपाएर मन्त्रालयले वितरणका लागि प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १७:४८

७ असोज, जनकपुरधाम । मधेश सरकारको श्रम तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफै छपाएर वितरण सुरु गरेको छ ।

पहिलोपटक ३ हजार ८१ वटा लाइसेन्स छपाएर मन्त्रालयले वितरणका लागि प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो ।

मधेशमा आठ वटा यातायात व्यवस्था कार्यालय छन् । पहिलोपटक वीरगञ्ज यातायात व्यवस्था कार्यालयका एक हजार १७२ वटा, जनकपुर यातायात व्यवस्था कार्यालयका ९३२ वटा, यातायात कार्यालय लहानका ४६० वटा, यातायात कार्यालय बर्दिबासका ३०३ वटा, गौर यातायातका ११९ वटा,  राजविराज यातायातका ५२ वटा, मलंगवा यातायातका ३२ वटा र यातायात कलैयाका ११ वटा छापिएका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शारदादेवी थापाले पहिलोपटक छापिएको लाइसेन्स यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वासुदेव मल्ललाई वितरणको लागि हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण गरिएको लाइसेन्स सेवाग्राहीलाई जतिसक्दो चाँडो वितरण गर्न उनले निर्देशन दिइन् ।

मन्त्री थापाले अब मधेश सरकारले आफै छपाएर लाइसेन्स वितरण गर्ने भएकाले सेवाग्राहीले लामोसमय प्रतिक्षा नगर्नुपर्ने बताइन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयका निमित सचिव रञ्जित यादवसमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?