+
+
Shares

बाढी पीडितलाई मधेश सरकारले ७ सय टेन्ट र ७ हजार कम्मल दिने

मृतकका परिवारलाई राहत रकम र घाइतेको उपचार नि:शूल्क

मधेश प्रदेश सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारले रसुवाको बाढीमा ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
  • बाढीका घाइते मधेश प्रदेशका नागरिकको प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि सरकारले गरेको छ।
  • प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा ७ हजार कम्बल र ७ सय सेट टेन्ट उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

१६ गते, जनकपुरधाम। मधेश प्रदेश सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

तत्काल आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराइने मधेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

त्यस्तै, बाढीका कारण घाइते भएका मधेश प्रदेशका नागरिकलाई प्रदेश सरकार मातहत सञ्चालित प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि सरकारले गरेको छ।

त्यस्तै बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा ७ हजार थान कम्मल र ७ सय सेट टेन्ट उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ ।

करिब १ करोड ९६ लाख रुपैयाँ बराबरका राहत सामग्री गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवा जिल्ला प्रशासन कार्यालय, वाग्मती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने प्रवक्ता मन्त्री भट्टराईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?