Comments Add Comment

शल्यक्रिया गर्दा शरीरभित्रै हराएको सियो निकालियो

१६ कात्तिक, जाजरकोट । नायकवाडा–६ तोलखानकी शोभा सिंहलाई १५ दिनअघि अस्पतालमा सुत्केरी गराउँदा नवजात निस्कने बाटामा शल्यक्रिया गरेपछि टाँका लगाउने क्रममा शरीरमा हराएको सियो आइतबार फेला परेको छ ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा सिंहको शल्यक्रिया गरेर हराएको सियो तानिएको हो । यही कात्तिक १ गते नवजात शिशुको आसन अप्ठेरो भएका कारण योनीद्वार खुकुलो बनाउन शल्यक्रिया गरिएको भाग सिलाउँदा शरीरमा सियो हराएको हो । चिकित्सकको लापरबाहीका कारण चिरिएको भागमा टाँका लगाउँदा सियो हराउँदा सिंहको अवस्था गम्भीर बनेको थियो ।

जाजरकोट अस्पतालमा सिंहको शरीरमा हराएको सियो चिकित्सक र नर्सले टाँका खोलेर पनि फेला पार्न नसकेपछि उनलाई जिल्ला प्रहरी कार्यालय र जिविसको गाडीमार्फत बाँकेको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज चार दिनअघि लगिएको शोभाका श्रीमान् भुवन शाहले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment