+
+

क्रिकेटको कथामा ‘च्याम्पिएन’, निर्माता छन् दंग

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १६ गते १३:५०

champion
पहिलो पटक चलचित्रमा लगानी गरेका निर्माता कृष्ण पोख्रेल अहिले खुशी छन् । वीवी फुयाँललाई निर्देशनको जिम्मा दिएर उनले लगानी गरेको चलचित्र ‘च्याम्पिएन’का हाल धमाधम काम भैरहेको छ । चलचित्रको डविङ सकिएको र अब भीएफएक्स गर्न बाँकी रहेको जानकारी उनले दिएका छन् ।

नेपाली चलचित्रमा आफूलाई पहिले देखि नै रुची भएपनि लगानी गर्ने समय बल्ल जुरेको उनले बताए । दर्शकका लागि नयाँ-नयाँ बिषयमा चलचित्र बनाउँदै जाने कृष्णको भनाई छ । नेपालमा क्रिकेटको क्रेज राम्रो भएपनि यस बिषयमा चलचित्र नबनेकाले आफूले कथा सोचेको उनको भनाई छ ।

क्रिकेटको बिषयमा चलचित्र नबनेकाले लगानीमा केही जोखिम भएपनि आफू सफल हुने उनको विश्वास छ । उनले निरन्तर चलचित्र बनाउँदै जाने बताएका छन् ।

निर्माता कृष्ण पोख्रेल
निर्माता कृष्ण पोख्रेल

आरडी मिडिया हाउसको ब्यानरमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति भने तयार भएको छैन । चलचित्रमा दिकपाल कार्की क्रिकेटरको भूमिकामा देखिएका छन् भने मञ्जिता केसी उनको प्रेमिकाको रुपमा चलचित्रमा देखिनेछिन् ।

चलचित्रमा १९ बर्षमुनिका राष्ट्रिय क्रिकेट टिमका खेलाडीले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?