+
+

नेपालमा सेवारत डोयन सिएनएन हिरो घोषित

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २ गते २१:००

maggie-doyne1
२ मंसिर, काठमाडौं । नेपाली महिला र बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषणा भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।

डोयनले आफूलाई नेपालमा छोरीको रुपमा स्वागत गरिएको भन्दै आभार प्रकट गरेकी छिन् । उनले विजेता घोषित भएपछि मंगलबार स्टेजमा भनिन्, ‘मलाई तपाईंहरुको देशमा एउटी छोरीको रुपमा स्वीकार गरी माया दिनुभएकोमा नेपालका सम्पूर्ण जनतालाइ धन्यवाद भन्न चाहन्छु । हामीले आफू बस्ने संसारलाई आफूले चाहेजस्तै बनाउन सक्छौं । यहाँ उपस्थित सबै हिरोहरुले यहि काम गर्नुभएको छ ।’

यो वर्षका १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको माध्यमले डोयनलाई विजेता घोषित गरेको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै टप टेन मा परेका प्रत्येकले पाउने थप १० हजार डलर प्राप्त गर्नेछिन् । नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् ।

उनले मध्यपश्चिमका टुहुरा तथा सडक बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएकी छिन् ।

अमेरिकाको न्यूजर्सीमा जन्मिएकी म्यागी डोइन १० वर्षअघि डिप्लोमा सम्मको अध्ययन सकेर विश्व भ्रममणमा निस्किएकी थिइन् । उनी फिजी हुँदै भारत आइन् र नेपाली शरणार्थीका लागि काम गरिन् ।

cnn-hero-2015

त्यही क्रममा उनको एक नेपाली युवतीसँग भेट भयो, जो आफ्नो परिवार भेट्न चाहन्थिन् । म्यागी डोइन उनीसँगै मध्यपश्चिम पुगिन्, जुन उनको जीवनकै ‘टर्निङ प्वोइन्ट’ बन्यो ।

उनले सशस्त्र द्वन्द्वबाट प्रभावित भएकाहरु भेटिन् । साना बालबालिकाहरु गिट्टी कुट्ने काम गरिरहेको देखिन् । २८ वर्षकी म्यागी डोइन भन्छिन्- ‘यसले मलाई परिर्वतन गर्‍यो ।’

उनले सन् २००६ मा जमिन किनिन् र स्थानीयसँगको सहकार्यमा कोलिका भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याइन् । अहिले कोपिलामा ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् ।

Maggie-Doyne

उनले २०१० मा ब्लिनो फाउण्डसेन स्थापना गरिन्, जसले कोपिला भ्याली स्कुल खोलेको छ । अहिले उक्त स्कुलमा ३ सय ५० भन्दाबढी विद्यार्थी अध्ययनरत छन् ।

म्यागी डोइन अधिकांश समय नेपालमै बस्छिन् र वर्षमा केहीपटक मात्र अमेरिका जान्छिन् । म्यागी डोइनले गरेको प्रशंसनीय कार्य अवलोकन गर्न सीएनएन हिरो टीम सुर्खेत पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?