+
+

आपतकालीन राहतकोष स्थापना गर्न जापानमा ‘महजात्रा’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ४ गते ८:३९

जापान । जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एनआरएनए जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ ।

Mahayatraयसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ । जापानमा रहेका नेपालीहरुलाई अपरझट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो ।

आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिता रहने छ । आगामी डिसेम्बर २० तारिकमा  टोकियोको, नाकानो स्थित नाकानो जिरो हलमा उक्त कार्यक्रमको आयोजना गरिने एनआरएनए जापानका अध्यक्ष तथा कार्यक्रम संयोजक  सुदन थापाले  जानकारी दिए ।

कार्यक्रममा मह जोडीका साथै अन्य चर्चित कलाकारहरुको पनि सहभागिता रहने छ । कार्यक्रममा नायिका प्रियंका कार्की  , नेपाली क्रिकेट कप्तान पारस खड़का , लोक गायक बमबहादुर कार्की, यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंशाकार लगायतका कलाकारको सहभागिता रहने छ ।

कार्यक्रमबाट उठेको रकम एनआरएन जापानले स्थापना गर्ने आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?