+
+

४ दिन निजी सवारीलाई तेल बाँडिने, कार र मोटरसाइकलले छुट्टाछुट्टै दिन तेल भर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ४ गते १८:२२

Petrol Line (12)
४ मंसिर, काठमाडौं । नेपाल आयल निगमले एकसाता भित्र काठमाडौंका निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ ।

चीनबाट ल्याएको अनुदानको पेट्रोलका कारण थानकोट डिपोमा मौज्दात बढेपछि तेल वितरणको तयारी गरिएको आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।

तेल वितरणको लागि गृहकार्य भइरहेकोले मिति तय हुन बाँकी रहेको खड्काको भनाइ छ । यसपटक लगातार ४ दिन पेट्रोल बाँड्ने तयारी गरिएको छ ।

यसअघि निजी सवारीलाई वितरण गर्दा अव्यवस्थित लाइनका कारण सबैले तेल नपाएकाले यसपटक ४ दिन तेल बाँड्न लागिएको हो ।
यसपटक मोटरसाइकल र कार/जीप छुट्टाछुट्टै दिनमा तेल वितरण गरिने खड्काले बताए ।

यस्तै एक दिन स्कुल/कलेज लगायत महत्वपूर्ण ढुवानीका साधनलाई पनि तेल वितरण गर्ने निगमको योजना छ ।
निगमले दसैं र तिहार अघि दुईपटक निजी सवारीलाई तेल वितरण गरेको थियो । भारतीय नाकाबन्दीपछि सरकारले निजी सवारीलाई तेल दिन बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?