+
+

राष्ट्रसंघका महासचिवले भने – स्वतन्त्र पारवहन नेपालको अधिकार हो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ५ गते १६:१७

ban ki moon

५ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् ।

महासचिव बानले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकोसमेत बताएका छन् । यसअघि कात्तिक अन्तिम साता पनि महासचिव बानले नेपालको स्वतन्त्र पारवहन अधिकार हनन भएको बताएका थिए ।

महासचिव बानले सीमा नाकाबाट भइरहेको अवरोधप्रति चिन्ता गरेको उनका प्रवक्ताद्वारा जारी वक्तव्यमा जनाइएको छ । बानले नेपाल-भारत सीमामा रहेको अवरोध तत्काल हटाउन र औषधिलगायतका अत्यावश्यक सामान आयात नियमित गर्न आग्रह गरेका छन् ।

महासचिव मुनले औषधी जस्ता जीवन रक्षाका अत्यावश्यक सामाग्री आपूर्तिमा भएको अबरोध र क्षतिप्रति गम्भिर चासो व्यक्त गरेका छन् । वीरगन्जमा शुक्रवार औषधी बोकेको ट्रकमा मधेशी मोर्चाका कार्यकर्ताले आगजनी गरेको घटना लगत्तै महासचिव मुनको यस्तो वक्तव्य आएको हो ।

महासचिव बानका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘औषधिजस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधका कारण मानवीय सहायता तथा उपचारमा नै समस्या परेकोप्रति महासचिव बान चिन्तित हुनुहुन्छ ।’

महासचिव बानले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षसँग आग्रह गरेको छ । लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण एवं सम्वृद्ध भविश्व निर्माणको प्रयासमा राष्ट्र संघले नेपाललाई समर्थन गर्ने महासचिव बानले दोहोर्‍याएका छन् ।

UN

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?