+
+

संसदभित्र दबावमुलक आन्दोलन सुरु गर्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ६ गते ११:०८

६ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदभित्रै दबावमुलक आन्दोलन सुरु गरेको छ ।

Congress-Flagकांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधन विधेयक अघि बढाउन र तराई मधेसमा जारी आन्दोलनको समाधान खोज्न दबाव दिने निर्णय गरेको हो ।

जस अनुसार आइतबारको संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध गर्नेछन् । ‘पार्टीको तर्फबाट कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफ्नो कुरा राख्नु हुन्छ’ सांसद रामकृष्ण यादवले अनलाइनखबरसँग भने ।

पौडेलले आफ्नो धारणा राखेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरिरहनेछन् । संसदको बैठकमा चलिरहँदा कुनै पनि सदस्यले उठेर विरोध गरेको अवस्थामा कारबाही अघि बढ्न सक्दैन ।

मधेसी मोर्चाले पनि संसद बैठक अवरुद्ध गर्ने बताएको छ । उसले पछिल्ला दुई बटा बैठक पनि अवरुद्ध पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?