Comments Add Comment

राजविराजमा गोली लागेका साहको अस्पताल लैजाने क्रममा मृत्यु

Saptari-tanab

फाइल फोटो

६ मंसिर, काठमाडौं । राजविराजमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेका दिलिप साहको मृत्यु भएको छ । यससँगै सप्तरीमा प्रहरी झडपमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

टाउकोमा गोली लागेका उनलाई उपचारका लागि धरान पठाइएको थियो । तर, उनको बाटैमा मृत्यु भएको पारिवारले जनाएको छ ।

आन्दोलनकारीसँगको झडपका क्रममा प्रहरीले चलाएको गोली घरको छतमा बसिरहेका दिलिपलाई लागेको थियो । ३० वर्षका दिलिप साहको टाउकोमा र उनकी ५ वर्षकी छोरी मुस्कान साहको हातमा गोली लागेको थियो ।

जनआन्दोलन चोकमा प्रहरीले हानेको अश्रुग्यास लागेर १० वर्षका मोहम्मद कलामको टाउकोमा लागेको छ ।

शनिबार मध्यरातमा राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएपछि सप्तरी तनावग्रस्त बनेको थियो ।

राजविराजमा आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप भएको छ । दिउँसो आन्दोलनकारीले प्रहरी बिट जलाउनुका साथै भ्यानमा आगो लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment