Comments Add Comment

ग्रुपडान्सरबाट हिरोइन बनिन् डेजी

salman-and-daisyमुम्बई । ‘हेट स्टोरी’ सिरिजको तेस्रो श्रृङ्खलामा आउादो ४ डिसेम्बरमा रिलिज हुने भएको छ । फिल्ममा डेजी शाह, जरीन खान, शरमन जोशी र करण सिंह ग्रोवरले मुख्य भुमिका निर्वाह गरेका छन् ।

‘हेट स्टोरी-३’ डेजीको दोस्रो बलिउड फिल्म हो उनले करिअरको सुरुवात सन २०१४ मा सनमान खान अभिनित फिल्म ‘जय हो’ वाट सुरु गरेकी थिइन् ।

त्यसो त नायिका बन्नु अघि उनी ग्रुप डान्सर थिइन् । सन २००३ मा रिलिज भएको सलमानकै अर्को फिल्म ‘तेरे नाम’ मा पनि उनले ग्रुप डान्स गरेकी थिइन् ।

उनले करिअरको सुरुआत कोरियोग्राफर गणेश आचार्यको सहायक भएर सुरु गरेकी थिईन् । तर, सलमानले पनि डेजीमाथी पहिल्यैदेखि आँखा लगाउदै आएका रहेछन् ।

daisy-hot

‘मैने प्या क्युँ किया’ को सुटिङमै सलमानले डेजीलाई काम दिने आश्वासन दिएका थिए । सबै भन्दा पहिला उनले डेजीलाई चलचित्र ‘बडीगार्ड’ मा करिना कपुरको साथीको भूमिका लागि आग्रह गरेका थिए । तर डेजीले मानिनन् । कारण उनी नायिका बन्न चाहिन्थन् । हिरोईनको साथीको भूमिकामा अभिनय गर्‍यो भने साथीमा भूमिका सिमित होईन्छ भन्नेमा उनी सचेत थिइन् ।

बडीगार्ड बनेको केही समयपछि ‘जय हो’ मा सलमानकै नायिकाको रुपमा देखिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment