+
+

६५ महिलाको बारेमा भुवनले गरे खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते ८:३७

bhuwan-kcकाठमाडौं । अभिनेता भुवन केसीलाई नेपाली दर्शकले अब पुस्तकको रुपमा पनि पढ्न पाउने भएका छन् । उनको वारेमा लेखिएको पुस्तकको नाम रहेको छ ‘सुपरस्टार’ ।

यो किताब लेख्न लगभग ३ वर्ष लागेको थियो कमल ढकाललाई । ‘अक्षर र तस्बिर गरेर ३०० पृष्ठ हाराहारीको पुस्तकमा उनले हरेक विषयमा इमान्दार छबी प्रस्तुत गरेका छन् ।’ ढकाल भन्छन् ‘हाम्रो सबै भन्दा धेरै चासो महिलाहरुको विषयमा थियो । ६५ भन्दा बढी महिलाका विषयमा उनले खुलेर कुरा गरेका छन् ।’

किताब पढेपछि पाठकले भुवनले ढाँटेछन् वा लेखकले जोगाएछन् भनेर नभनुन् भन्नेमा आफु सचेत रहेको ढकालको भनाई छ । ‘कुनै पनि कुरा लुकाएका छैनन् । भुवन आफैंमा एक किसिमका खुल्ला किताब जस्तै हुन् ।’

सबै भन्दा धेरै चर्चा पाउने कलाकार भूवन केसी नै हुन् । उनका वारेमा नकारात्कम टिप्पणी गर्नेहरु पनि छन् । तर, पुस्तकले चरित्र हत्या नगरेको ढकालको भनाई छ ।

bhuwan-and-jiya-kc

तत्कालनि काँठ क्षेत्र मानिने सिनामंगलमा जन्मे हुर्केका केसी नायक बन्नु अघि गायक थिए भने पछिल्लो समय राजनितीमा छलाङ मारे । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फवाट काठमाडौ क्षेत्र नम्बर १ वाट उम्मेदवारको टिकट समेत पाएका थिए । तर, एमाले कार्यकर्ताको ब्यापक विरोधपछि उनको उम्मेदवारी फिर्ता भएको थियो ।

श्रीमतिसँग सम्बन्ध बिच्छेद, नायिकासँग हिमचिम र अन्य महिलाहरुसंगको उठबसले समेत उनी चर्चामा आउथे । ढकालको भनाई अनुसार यी सब विषयमा उनले खुलेर कुरा गरेका छन् ।

नाकाबन्दीले लागत बढ्यो

‘भूकम्प नआएको भए बैशाखमै किताब छापिन्थ्यो भूकम्पले गर्दा अलि ढिला भयो ।’ लेखक कमल ढकालले अनलाइनखबरसंग कुरा गर्दै भने । उनको चाहना दसैं अघि नै पाठकलाई पढाउने थियो । छपाईका लागि सबै सामग्री भारत पठाएका ढकाल भन्छन् ‘नाकाबन्दी नखुलेसम्म किताब आउने सम्भावना छैन ।’

ढकालले पारिश्रमिक स्वरुप पहिलो चरणमा २ लाख ६५ हजार केसीलाई दिईसकेका छन् । पुस्तक छपाई लगायत अन्य कामका लागि लगानी गरेका ढकाल लगानी समेत फसेको धारणा राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?