Comments Add Comment

राजविराजमा दिनभर झडप, केही सरकारी कार्यालयमा अगजनी

Saptari-Tanab

एस.के. शान

७ मंसिर, सप्तरी । प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको सप्तरीको बिभिन्न ठाउँमा सोमबार दिभर प्रदर्शन भएको छ । सदरमुकाम राजविराजमा दिनभर झडप भएको छ भने केही सरकारी कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

आन्दोलनकारी र प्रहरीबीच बिहान १० बजेखि शुरु भएको झडप साँझ ६ बजेसम्म जारी रह्यो । झडपका क्रममा पाँच जना घाइते भएका छन् ।
प्रहरीले लाठी प्रहार गर्दा भारोत्तोलन खेलका राष्ट्रिय खेलाडी राजविराज ६ निवासी मनोज यादवसहित पाँच जना घाइते भएका हुन् । उनको अवस्था गम्भीर छ र उपचारका लागि धरान लगिएको छ ।

अन्यको चिकित्सकहरुले सगरमाथा अंचल अस्पतालमा टेन्ट हालेर संचालन गरेको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।  राजविराजमा झडपको क्रममा प्रहरीले एक दर्जन सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । कञ्चनरुप नगरपालिकाको कंचनपुर बेरियरमा पनि आन्दोलनकारी-प्रहरीबीच झडप भएको छ ।

प्रहरीले बस स्कटिङ्ग गराउने क्रममा आन्दोलनकारीले अवरोध गर्दा कञ्चनपुरमा दुई पक्षबीच दुई घण्टासम्म झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन हवाई फायर गरेको छ ।

सरकारी कार्यालय र सवारी साधनमा आगजनी

सप्तरीमा जारी तनावको तेस्रो दिन आइतबार आन्दोलनकारीले सरकारी कार्यालयहरुमा आगजनी गरेका छन् । आन्दोलनकारीले घुमुवा प्रहरीको सहित दुई वटा मोटरसाइकल मोटरसाइकल जलाएका छन् भने एउटा सरकारी कार्यालयको गाडीको आगजनी गरेर पूर्ण रुपमा नष्ट गरेका छन् ।

भारदहमा आन्दोलनकारीले प्रहरीका एक जना घुमुवालाई नियन्त्रणमा लिएर मोटरसाइकल जलाइदिएका छन् । आन्दोलनकारीले प्रहरी जवान उमेश मण्डल चढेको को.३प ३१३६ नम्बरको मोटरसाइकल जलाएका हुन् ।

आन्दोलनकारीहरुले भारदहमै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.६२प ४१६२ नम्बरको मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् ।

यस्तै आन्दोलनकारीले साँझ ६ बजेतिर राजविराजस्थित नापी कार्यालयको बा.१झ ३४०९ नम्बरको गाडीमा आगजनी गरी नष्ट गरेका छन् । कार्यालय प्राङ्गणमा राखिएको अवस्थामा मधेसी मोर्चाका कार्यकर्ताहरुले गाडीमा आगो लगाएका हुन् ।

प्रदर्शनकारीले को. बर्साइनस्थित प्रहरी चौकी चौकीमा आगजनी गरेका छन् भने तिलाठीस्थित भन्सार कार्यालयमा आगजनी गरेका छन् । आगजनी गरेलगत्तै प्रहरीले निभाएका कारण ठूलो क्षति हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment