Comments Add Comment

तेल तस्करी गर्ने भारतीय भन्छन्-‘खुब पैसा कमाइँदैछ दाइ’

८ मंसिर, काठमाडौं । काँकडभिट्टा पारि पानीट्यांकी सीमामा मधेसी मोर्चाको अवरोध छैन । तर, पनि ३ किलोमिटरसम्म मालबाहक गाडीको लाइन छ ।

petrol (1)भारतीय नागरिक नरेश सिल त्यही क्षेत्रमा ट्याक्सी चलाउँछन् । उनलाई सोधियो-‘यहाँ सधै यस्तै सवारीको लाइन हुन्छ ? नरेशले भने-‘होइन, यस्तो कहिल्यै हुँदैनथ्यो । अहिले नेपालमा मधेसीहरुको आन्दोलन छ । त्यहीकारण भारतले नेपाल जाने गाडी र तेलका ट्यांकरमा कडाइ गरेपछि यस्तो भयो ।’

पानीट्यांकी नाकाबाट यसअघि समान्य अवस्थामा भारतबाट नेपाल एकसय वटा गाडी नेपाल आउँथे । जसमा १५ देखि २० वटा इन्धनका हुन्थे । र हप्तामा ३/४ वटा ग्यास बुलेट पनि पानी ट्यांकी हुँदै नेपाल छिर्थे ।

भारतीय भन्सार अधिकृतले भने माथिको आदेशअनुसार गाडी छोड्ने गरेको बताए । ट्रक तथा कन्टेनर चालकहरु भने चेकिङमा कडाइ भएपछि भन्सार छुटाउन समय लागेको गुनासो गर्छन् ।

नेपालमा नगन्य अवस्थामा ट्यांकर भित्रिएको छ । त्यसैकारण नेपाल नै कालोबजारी गर्नेको भरमा छ । सीमा क्षेत्रमा भएका पेट्रोल पम्पमा मोटरसाइकलमा पेट्रोल भर्नेहरुको लाइन छ ।

उत्तर बंगालमा रहेको सिलीगुढीमा चल्ने ट्याक्सीहरु तेल भरेर पानीट्यांकी नाका जान्छन् र ट्यांकी खाली हुने गरी तेल बेच्छन् । त्यो पनि शतप्रतिशत बढी मूल्यमा । त्यही तेल काठमाडौंमा ५ गुणा बढी मूल्यमा बेचिन्छ ।

ट्याक्सी ड्राइभर नरेश भन्छन्-‘भालो पोइसा होच्चे दादा’ (खुब पैसा कमाइँदैछ दाइ) ।
(हिन्दु बिजनेश लाइनका लागि प्रोतिम रञ्जन बोसको फिचरमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment