Comments Add Comment

आयल निगमको एकमात्र खुद्रा बिक्री केन्द्रमा सिलबन्दी

Nepal-Oil-Corporation-Bhair

१० मंसिर, रुपन्देही । नेपाल आयल निगमको भैरहवास्थित एकमात्र खुद्रा बिक्री केन्द्रमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको छ । भैरहवाको अन्चलपुरस्थित बिक्री केन्द्रमा वाणिज्य विभागको टोलीले बिहीबार सिलबन्दी गरेको हो ।

एउटा मात्र गिएर लगाउनुपर्नेमा दुईजटा गिएर लगाएको पाइएकाले पेट्रोल र डिजल दुबै पम्पमा सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ ।

Nepal-Oil-Corporation-Bhair

पेट्रोलपम्प सञ्चालकले मेसिनमा दुईवटा गियर फिट गरेर उपभोक्तालाई मिटरमा देखाइएको भन्दा कम परिमाणमा इन्धन दिने गर्दछन् ।

भैरहवास्थित यही बिक्री केन्द्रबाट एम्बुलेन्स, शव वाहन, प्रशासन तथा सार्बजनिक सेवाका सवारी साधनहरुले इन्धन भर्ने गर्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment