Comments Add Comment

अस्थाई आवास निर्माण गर्न सिएसआरसीको सहयोग

Bhukampa Pidit 2

११ मंसिर, काठमाडौं । सामुदायिक आत्मनिर्भर केन्द्र (सिएसआरसी) ले भूकम्पका कारण आवास गुमाएका सिन्धुपाल्चोक र नुवाकोट जिल्लाका ज्येष्ठ नागरिक परिवारलाई अस्थाई आवास निर्माणका लागि जस्तापाता तथा औजार वितरण गरेको छ ।

संस्थाले हेल्पएज इन्टरनेशनल नेपालको सहयोगमा तीन हजार चार जना ज्येष्ठ नागरिकका परिवारलाई सहयोग गरेको हो ।

सिन्धुपाल्चोकको १४ सय ६८ र नुवाकोटका १५ सय ३६ ज्येष्ठ नागरिक घरपरिवारलाई प्रति परिवार डेढ बण्डल जस्ता, करौंती, हथौडा र ढोकाको लागि चुकु, २ इन्ची किला १ केजी, १ इन्ची किला १ केजी र २.५ इन्ची छाते किला आधा केजी र एक केजी जिआइ तार प्रदान गरेको संस्थाले जनाएको छ ।

जसअनुसार नुवाकोट जिल्लाको गोस्र्याङ्ग गाविसको कुल ४ सय ९८ र रातमाटे गाविसको एक हजार ३८ बृद्धबृद्धा घरपरिवारले अस्थाई सहायता सामाग्री हासिल गरे भने सिन्धुपाल्चोकको हेलम्बु, महाँकाल, इचोक, किउल र तालामाराङ्ग गाविसका क्रमशः ४ सय ३२, १ सय १२, ५ सय १४, १ सय ७८ र २ सय ३२ बृद्धबृद्धा घरपरिवारले सो सहायता सामग्री प्राप्त गरे ।

Bhukampa Pidit

सन् १९९३ देखि भूमिहीन नागरिकको भूमिअधिकार र सामाजिक न्यायका सवालमा कार्य गर्दै आइरहेको सिएसआरसीले विपत्तको समयबाट गुजि्ररहेका पिडित ज्येष्ठ नागरिकलाई लक्षितगरि १५ भाद्र २०७२ बाट भूकम्पप्रभावित बृद्धबृद्धाका लागि अस्थाइ आवास परियोजना संचालन गरेको थियो ।

ज्येष्ठ नागरिक परिवारलाई जस्तापाता, आवास सम्बन्धीऔजार र घर बनाउन वा मर्मत गर्नको लागि ज्यालामा काम लगाउन नगद सहयोग गर्ने र ज्येष्ठ नागरिकलाई ठण्डि (जाडो) बाट बचाउन घरलाई स्थानीय प्रविधी र साधन प्रयोग गरी न्यानो बनाउने उपाय सिकाउने र सो अपनाउन उत्प्रेरित गर्ने उदेश्य राखेको यस परियोजनाले दुईवटा चरणमा सहायता वितरण गर्दैआएको छ ।

जसअन्तर्गत पहिलो चरणको जस्तापाता र आवास निर्माण सामाग्री वितरण सम्पन्न भैसकेको छ भने दोश्रो चरणअन्तर्गतको आवास निर्माण गर्नका लागि आवश्यक कामका लागि रकमस्वरुप प्रतिघर १५ हजार रुपैयाँ, दुईवटा कम्बल र एउटा सौर्य बत्ति प्रदान गर्ने कार्यपनि सँगसँगै संचालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment