Comments Add Comment

टेलिभिजन पड्केर बालिकाको मृत्यु

११ मंसिर, दोलखा । हेरिरहेका टेलिभिजन अचानक पड्कँदा एक बालिकाको मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित सार्कीस्वाँराटोलमा बाबु र छोरीले टिभी हेरिरहेका अवस्थामा एक्कासि टेलिभिजन पड्कँदा दुई वर्षीया रेष्मा चौलागार्इंको मृत्यु भएको हो ।

सामान्य घाइते भएका बाबु रामकृष्ण चौलागार्इंको चरिकोटस्थित  च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए । उनको आँखामा चोट लागेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment