Comments Add Comment

राजमार्गमा सिलिण्डर बम भेटियो

BOM
१३ मंसिर, सप्तरी । सप्तरीको पोर्ताहा गाविसस्थित पूर्व पश्चिम राजमार्गमा आईतबार बिहान सिलिण्डर बम फेला परेको छ । पोर्ताहा गाविस ८ स्थित महुली पुलको तल बालुवामा फेला परेको सिलिण्ड बम कसले र किन राखेको भन्ने खुल्न नसकेको सप्तरी प्रहरीले जनाएको छ ।

दुईवटा ग्यासलाई पड्काउने नियतले तार तथा सुतरीमा पेट्रोल हालेर जडान गरिएको थियो ।

बम फेला परेको स्थानमा सुरक्षा दिइरहेको र निष्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली आउँदै गरेको इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज सुरेन्द्र खेरबार यावदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment