Comments Add Comment

विरोधसभालाई सम्वोधन गर्न मधेसी मोर्चाका शीर्ष नेता विराटनगरमा

Madhesi-Morcha-leaders

१३ मंसिर, विराटनगर । विरोध सभामा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता विराटनगर आइपुगेका छन् । सुनसरीको इटहरीमा गर्न लागिएको सभालाई स्थानीयले विथोलिदिएपछि उनीहरुले विराटनगरको महाविर चोकमा सभा आयोजना गरेका छन् ।

सोही विरोध सभालाई सम्वोधन गर्न नेपाल सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सवेन्द्रनाथ शुक्ला विराटनगर आइपुगेका हुन् ।

Madhesi-Morcha-Birodh-Sava

विराटनगर-७ महाविर चोकमा हुने सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभामा लिम्बुवान नेता कुमार लिङ्देन पनि सहभागी हुने बताइएको छ । तर उनी अहिलेसम्म कार्यक्रम स्थलमा आइपुगेका छैनन् ।

कार्यक्रममा सहभागी हुन झापा, मोरङ र सुनसरीबाट ठूलो संख्यामा मोर्चाका समर्थकहरुलाई विराटनगरमा उतारिएको छ । सभालाई लक्षित गरी विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment