Comments Add Comment

अस्थाइ आवास निर्माणमा सिएसआरसीको सहयोग

3१३ मंसिर, काठमाडौं । सामुदायिक आत्मनिर्भर केन्द्र (सिएसआरसी) ले हेल्पएज ईन्टरनेशनल नेपालको सहयोगमा विनाशकारी भूकम्पका कारण आवास गुमाएका सिन्धुपाल्चोक र नुवाकोटका ३ हजार ४ज्येष्ठ नागरिक परिवारलाई अस्थाइ आवास निर्माणका लागि जस्तापाता तथा आवास निर्माण सम्बन्धी औजार सहयोग प्रदान गरेको छ ।

सिन्धुपाल्चोकको १४६८ र नुवाकोटको १५३६ ज्येष्ठ नागरिक घरपरिवारलाई प्रति परिवार डेढ बण्डल जस्ता (१२ पाता), करौंती, हथौडा र ढोकाको लागि चुकुल एकएक थान सहयोग दिइएको हो । २ इन्ची किला १ केजी, १ इन्ची किला १ केजी र २.५ इन्ची छाते किला आधा केजी र एक केजी जिआइ दिइएको छ ।

नुवाकोट जिल्लाको गोस्र्याङ्ग गाविसका ४९८ र रातमाटे गाविसका १ हजार ३८ तथा सिन्धुपाल्चोकको हेलम्बुका ४ सय ३२, महाँकाल १ सय १२, इचोकका ५ सय १४, किउलका १ सय ७८ र तालामाराङ्ग गाविसका बृद्धबृद्धा घरपरिवारलाई २ सय ३२ थान प्रदान गरिएको छ ।

1सन् १९९३ देखि भूमिहीन नागरिकको भूमिअधिकार र सामाजिक न्यायका सवालमा कार्य गर्दै आइरहेको सिएसआरसीले विपत्तको समयबाट गुजि्ररहेका पिडित ज्येष्ठ नागरिकलाई लक्षितगरि १५ भाद्र २०७२ बाट भूकम्पप्रभावित बृद्धबृद्धाका लागि अस्थाइ आवास परियोजना संचालन गरेको थियो ।

जसअन्तर्गत पहिलो चरणको जस्तापाता र आवास निर्माण सामाग्री वितरण सम्पन्न भैसकेको छ भने दोश्रो चरणअन्तर्गतको आवास निर्माण गर्नका लागि आवश्यक कामका लागि रकमस्वरुप प्रतिघरपरिवार १५ हजार रुपैयाँ, दुईवटा कम्बल र एउटा सौर्य बत्ति प्रदान गर्ने कार्यपनि सँगसँगै संचालन भइरहेको सिएसआरसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment