Comments Add Comment

ग्राण्डीको बदमासीः भूकम्प पीडितलार्इ बिदेशीले दिएको औषधि ६ महिना लुकाइयो

medicine-to-govt

  • हालै स्वास्थ्यमन्त्री रामजनम चाैधरीलार्इ  अाैषधि हस्तान्तरण गर्दै  डा. उपेन्द्र महतो 

१३ मंसिर, काठमाण्डौ । नेपालकै सुविधा सम्पन्न एवं विदेशी लगानीसमेत रहेको ग्राण्डी अस्पतालले सरकारका नाममा भूकम्पपीडितका लागि आएको ५ करोड रुपैयाँ बराबरको औषधि ६ महिनासम्म लुकाएको रहस्य खुलेको छ ।

गत बैशाखमा गएको भूकम्पबाट पीडित नेपालीहरुका लागि दुबईको एनएमसी ग्रुपले करिब १८ लाख दिराम बराबरको औषधि नेपाल पठाएको थियो । एनएमसीको वेबसाइटमा मे १३ (बैशाख ३० गते) तारिखमा छापिएको समाचारमा ‘गत हप्ता ती औषधि एयर कार्गोमार्फत नेपाल पठाइएको’ भनिएको छ ।

ग्राण्डी अस्पतालमार्फत पठाइएका ती औषधि नेपाल सरकार र अन्य संस्थालाई हस्तान्तरण गरिने समाचारमा जनाइएको थियो । बैशाखको अन्तिम साता नै एयरलिफ्ट गरी पठाइएका ती औषधि ग्राण्डीले लामो समयसम्म सरकारलाई जानकारी नै नदिई लुकाएको तथ्य हालै मात्र सार्वजनिक भएको छ ।

Medical-Support
अाैषधि दान दिने दुबइको कम्पनीको अाधिकारिक वेबसाइटमा मे १३ तारिखमा प्रकाशति समाचार जहाँ भनिएको छ गत साता नै बिमानबाट अाैषधि नेपाल पठाइयो ।

गत साता ग्राण्डी अस्पतालमा आयोजित एक कार्यक्रममा ‘नाकाबन्दी पीडित’का लागि भन्दै करिव पाँच करोड रुपैयाँको औषधि सरकारलाई दिइएको घोषणा गरियो । जुन, त्यही पुरानो औषधि थियो ।

कार्यक्रममा ग्राण्डी अस्पतालले नै नाकाबन्दी पीडितलाई सहयोग हस्तान्तरण गरेको बताइए पनि भूकम्पकै बेला आएर लुकाइएको बिदेशी सहयोग नै अहिले हस्तान्तरण भएको पुष्टि भएको हो ।

कार्यक्रममा एनएमसीले दिएको पाँच करोडको औषधिमध्ये ग्राण्डीमार्फत तीन करोड ६० लाखको मात्रै सरकारलाई हस्तान्तरण गरिएको छ । बाँकी एक करोड ४० लाख रुपैयाँको औषधि डा. उपेन्द्र महतोको फूलकुमारी महतो ट्रष्टले वितरण गर्ने बताइयो ।

औषधिको एक पोका स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरिएको छ । औषधि हस्तान्तरण कार्यक्रममा उपेन्द्र महतोले औषधि हस्तान्तरण गरेको प्रचार गरिए पनि ६ महिना पहिले नै भूकम्पपीडितलाई आएको औषधि यसरी बाडिँदैछ भन्ने तथ्य चाँहि गुपचुप नै राखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment