Comments Add Comment

मनु बनिन् एमालेको एक्लो महिला जिल्ला अध्यक्ष

१४ मंसिर,काठमाडौं । नेकपा एमालेको मकवानपूर जिल्ला कमिटी अध्यक्षमा माधव नेपाल पक्षधर मुनु सिग्देल निर्वाचित भएकी छन् । केपी ओली पक्षधर रघुनाथ खुलाललाई एक मतले पराजित गर्दै सिग्देल एमालेको पहिलो महिला जिल्ला अध्यक्ष भएकी हुन् । यसअघि उनी रामेश्वर रानासँग अध्यक्षमा पराजित भएकी थिइन् ।

Manu-Sikdelआइतवार सम्पन्न जिल्ला अधिवेशनमा सिग्देलले २१३ मत पाइन् भने खुलालले २१२ मत पाए । सिग्देले एमालेका ७५ जिल्ला कमिटीमध्ये एकमात्र महिला अध्यक्ष हुन् । यसअघि स्यांजामा पद्मा अर्याल अध्यक्ष जितेर पहिलो इतिहास रचेकी थिइन् । अर्याल हाल केन्द्रीय कमिटी सदस्य छिन् ।

चार निर्वाचन क्षेत्र रहेको मकवानपूर जिल्लामा एमालेले तीन सिट जितेको छ । जिल्ला अधिवेशनको उद्घाटन महासचिव इश्वर पोखरेलले गरेका थिए । अधिवेशनबाट उपाध्यक्ष र सचिवमा खुलाल प्यानलका बद्री लम्साल र एकलाल श्रेष्ठ निर्वाचित भएका छन् भने सहसचिवमा सिग्देल समूहकी मिना लामा निर्वाचित भएको एमालेले जनाएको छ । मकवानपूर जिल्लामा एमालेभित्र ओली समूहको पकड रहदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment