+
+

भारतीय नाकाबन्दीबिरुद्ध फ्रान्सेली सभा प्रमुखलाई नेपालीको ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १५ गते १८:००

France-Parlyment-Chairman

पेरिस । फ्रान्समा रहेका नेपालीहरूले भारतको अघोषित नाकाबन्दीबिरुद्ध फ्रान्सेली सांसदका अध्यक्ष (सभा प्रमुख)लार्इ ज्ञापन पत्र बुझाएका छन् ।

फ्रान्सका सांसदका अध्यक्ष क्लाउड बर्टोलोनलाई ज्ञापन पत्र नेपाली समुदायको तर्फबाट ज्ञापन पत्र बुझाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समान्वय समिति, फ्रान्सका पूर्वअध्यक्ष निर्मल अर्यालले जानकारी गराए । नाकाबन्दीबारे फ्रान्सकी सांसद एलिजाबेथ गुइगुलाई समेत जानकारी गराइएको अर्यालले बताए ।

फ्रान्समा अहिले संकटकालको अवस्था भएकोले जुलुस प्रदर्शन गर्न नसकिने भएकोले फ्रान्सका सांसदका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको उनले बताए ।

ज्ञापन पत्रमा भूकम्पबाट तहस नहस पारेको र नयाँ संविधान जारी गरेर देशले विकास निर्माणमा द्रुत गतिमा लाग्ने समयमा छिमेकी राष्ट्र भारतले मानवता र अन्तर्राष्ट्रिय नीतिबिरुद्ध नेपालमा अघोषित नाकाबन्दी गरेकोले फ्रान्सको कूटनीतिक तवरले नाकाबन्दी खुलाउन सहयोग गर्न अनुरोध गरिएको छ ।

नेपाली समुदायको अनुरोधमा सांसद र सभाध्यक्ष दुबैले ध्यानपूर्वक छलफल गरेका थिए । उनीहरूले भूकम्पपछि नेपालको अस्वथाबारे केहि जिज्ञासा राखेका थिए ।

साथै संसदको नेपाल फ्रान्स मैत्री समूहमा छलफल गरेर फेरि भेट्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?