+
+

सर्लाहीमा प्रहरी र मधेसी मोर्चाबीच झडप, प्रहरीबाट हवाइ फायर

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १६:४९

Sarlahi

१७ मंसिर, लालबन्दी । सर्लाहीको नवलपुरमा बिहीबार आयोजित मधेसी मोर्चाको सभामा गोली चल्दा पाँच जना घाइते भएका छन् । गोली लागेकाहरुको अवस्था चिन्ताजनक छ । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा पठाइएको छ ।

प्रहरीले सभा विथोल्न गोली चलाएको मधेसी मोर्चाले आरोप लगाएको छ । सदभावना अध्यक्ष राजेन्द्र महतो सभालाई सम्वोधन गर्न जाँदै गर्दा सभास्थलमा प्रहरीले गोली चलाएर विथोलेको मोर्चाको आरोप छ ।

महतो सिराहाबाट मोटरसाइकल चढेर नवलपुर जाँदै थिए । उदघोषकले मञ्चबाट राजेन्द्र महतो सभालाई सम्वोधन गर्न आउँदै हुनुहुन्छ भनिरहँदा एक्कासी गोली चलाएको मोर्चाको आरोप छ ।

उनी कार्यक्रम स्थलभन्दा झण्डै एक किलोमिटर टाढा जुटपानी आइपुगेका बेला गोली चलेको थियो । गोली चलेपछि भागाभाग भएको छ भने कार्यक्रम विथोलिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले भने स्थिति तनावग्रस्त भएपछि प्रहरीको तर्फबाट रबरको गोली हवाइ फायर गरेको बताए । उनले प्रहरीले बाहेक अरुले पनि थप गोली चलाएको जानकारी दिए ।

मधेसी मोर्चाले सर्लाहीको लालबन्दीमा आमसभा गर्ने कार्यक्रम थियो । चुरे भावरको विरोपछि नवलपुरमा सारिएको थियो । झण्डै एक किलोमिटर परसम्म सडकभरि मोर्चाका कार्यकर्ताहरु थिए ।

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मोर्चाको सभा विथोल्ने चेतावनी दिएको थियो । कार्यक्रम बिथोल्ने भनेर चुरे भावरका कार्यकर्ताहरु पनि ठूलो संख्यामा जम्मा भए पनि प्रहरीले उनीहरुलाई घेरा हालेर राखेको थियो ।

यो पनि पढ्नुस्

सर्लाहीमा चुरेभावर र मधेसी मोर्चाबीच तनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?