Comments Add Comment

विराटनगर र काँकरभिट्टाबाट ६१ ट्यांकर इन्धन भित्रियो

Bhairahawa-Naka,-Petrol
१८ मंसिर, विराटनगर । पूर्वी नाका काकरभिट्टा र विराटनगरको रानी भन्सार नाकाबाट बिहीबार रातिसम्म ६१ ट्यांकर इन्धन नेपाल भित्रिएको छ ।

भन्सार कार्यालयका अनुसार विराटनगरको रानीभन्सारबाट १४ ट्यांकर पेट्रोल, ३२ ट्यांकर डिजेल नेपाल भित्रिएको छ । त्यस्तै सोही नाकाबाट दुई सय ४४ ट्रक तथा कन्टेनर मालबाहक सवारी भित्रिएको छ ।

त्यस्तै पूर्वी नाका काकरभिट्टाबाट १० ट्यांकर डिजेल, चार ट्यांकर पेट्रोल र एक ट्यांकर हवाई इन्धन दुई ट्यांकर मटि्टतेल भित्रिएको छ । त्यस्तै एक सय ५५ मालबाहक सवारी भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment