Comments Add Comment

भारतलाई हेर्नेबारे एमाओवादी बैठकमा फरक मत

Prachanda-And-Hemraj-Bhandari

१९ मंसिर, काठमाडौं । भारतलाई हेर्ने सवालमा प्रचण्डको दस्तावेज ‘नरम’ भएको भन्दै एमाओवादी केन्द्रीय समिति बैठकमा ‘फरक मत’ प्रस्तुत भएको छ ।

पेरिसडाँडामा जारी बैठकमा शनिबार केन्द्रीय सदस्य हेमराज भण्डारीले प्रचण्डको दस्तावेजमाथि लिखित रुपमा फरक मत पेश गरेका छन् ।

स्रोतका अनुसार आफ्नो फरक मतमा भण्डारीले भारतीय विस्तारवादविरुद्ध संघर्ष केन्दि्रत गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । ‘प्रधान अन्तरविरोधमा भारतीय विस्तारवादलाई जोड दिनुपर्छ भन्दै हेमराजजीले लिखितरुपमा फरक मत पेश गर्नुभएको छ,’ एमाओवादी प्रवक्ता दीनानाथ शर्माले अनलाइनखबरसँग भने, ‘विशेष गरी अन्तरविरोधका विषयमा उहाँले आफ्नो मत राख्नुभएको हो ।’

प्रचण्डले बैठकमा पेश गरेको आफ्नो २७ पृष्ठ लामो प्रतिवेदनमा ‘प्रधान अन्तरविरोध’बारे भनेका छन्- ‘भारतीय एकाधिकार पुँजीवादद्वारा पालित पोषित र संरक्षित दलाल, नोकरशाही पुँजीपति र सामन्त वर्गविरुद्ध आम नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोध रहेको छ ।’

तर, भण्डारीले पेश गरेको फरक मतको दस्तावेजमा भारतीय एकाधिकार पुँजीवादद्वारा पालित पोषितलाई नभई सोझै, ‘भारतीय विस्तारवाद’लाई प्रधान दुश्मन घोषणा गर्नुपर्ने बताइएको स्रोतले जानकारी दियो ।

प्रवक्ता शर्माले अनलाइनखबरलाई दिएको जानकारीअनुसार शनिबारको बैठकमा गोपाल किराती, जर्नादन शर्मा प्रभाकर, अशोक मण्डल, अशोक जयसवाल, केशव नेपाल, हेमराज भण्डारी, कालीबहादुर मल्ल, रामचन्द्र मण्डल, ध्रुव पराजुली र लीला थापा लगायतले बोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment