+
+

श्रीलंकामा सेतो घोडाले लडायो इन्दिरालाई

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १०:५४

indira-joshi
गायिका इन्दिरा जोशीले अन्तरराष्ट्रिय गीतमा मोडलिङ गरेकी छिन् । मिलान कोरेको निर्देशनमा बनेको भिडियोमा इन्दिराले हलिउडका चर्चित र्‍यापर सिन किङ्स्टनसाग मोडलिङ गरेकी छिन् ।

यही टिमसाग उनले यसअघि पनि ‘जस्ट फर क्लिक र बेहुली’ एल्बममा काम गरेकी थिइन् । तर, हलिउड कलाकारसाग फिचरिङ गरेको पहिलो पटक हो ।

हिन्दी, अंग्रेजी र नेपाली संस्करण रहेको गीतमा इन्दिराले इजिप्सियन राजकुमारीको भुमिका निर्वाह गरेकी छिन् । यस भिडियोमा ‘तिमी र म’ बोलको गीतमा इन्दिराले स्वर दिएकी छिन् ।

अन्तरराष्ट्रिय भिडियोमा नेपाली भाका समेटेको धारणा राख्ने इन्दिरा यो गीतमा मादलको ताल समेटेको बताउँछिन् ।

सेतो घोडाले लडायो इन्दिरालाई
भिडियोको सुटिङ श्रीलंकामा भएको थियो । बालुवा नै वालुवा भएको ठाउँ हेर्दै मरुभुमी जस्तो थियो, गर्मी असाध्यै थियो । सुटिङका लागि तिन दिन श्रीलंकामा बिताएको इन्दिराले अनलाइनखबरलाई बताईन् ।

‘मलाई राम्ररी घोडा कुदाउन आउदैन तर, भिडियोमा सेतो घोडा कुदाउनुपर्ने थियो ।’ सुटिङमा गार्‍हो परेको बताउँदै इन्दिरा भन्छिन्- ‘घोडा निकै ठूलो थियो, सुटिङको अन्तिम दिन मलाई घोडाले लडाइदिएपछि अस्पताल नै भर्ना हुनु पर्‍यो ।’

उनले घोडा कुदाएको दृष्य ड्रोनवाट खिचिएको थियो । त्यसकारण पनि उनले अनौठो मानिरहेकी थिइन् । घोडामा अघि बढ्दै गर्दा टाउकोमाथि ड्रोन उड्थ्यो । इन्दिराको भनाई अनुसार ड्रोनको आवाज माहुरी भुन्भुनाए जस्तो सुनिदो रहेछ ।

आफ्नो गीतमा प्राय आफैं मोडलिङ गर्दै आएकी इन्दिराले चलचित्र ‘फन्को’ को ‘लोकल ब्युटी’ बोलको गीतमा आइटम डान्स समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?