+
+

राजेशपायललाई राजेश हमालको सुझाव-‘बिबाहका लागि नआत्तिनुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १७:४२

rajesh-hamal-and-rajesh-payal-rai
एक कार्यक्रममा एकसाथ पुगेका नायक राजेश हमाल र गायक राजेश पायल राइविच बिबाहको कुरा उठ्यो । राजेश पायलले आजसम्म बिहे गरेका छैनन् भने हमालले गतबर्ष मात्र बिहे गरे । अविवाहित राइलाई बिबाहको बिषयमा के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा हमालले भने-‘आजसम्म एक्लै रमाउनु भएको छ भने नआत्तिनुहोस् । बिहेमा खासै केही राखिएको छैन । आत्तिएर हाम फालिहाल्न जरुरी छैन ।’

हमालले भने-‘बिबाह प्रेम आफ्नो कुरा हो । यदि, उहाँ लामो समयसम्म अविवाहित रहनु भएको छ भने अब राजेश हमालले गर्‍यो भनेर आत्तिन जरुरी छैन ।’ हमालले आफू बिबाह, घर, गृहस्थीमा आकर्षित नभएको बताउँदै भगवानले लेखेपछि कहिलेकाही नचाहेका कुरा पनि गर्नुपर्ने बताए । यत्तीका बर्षसम्म बिहे नगरि रमाइलो जीवन जिउन सक्नु भयो भने अब हतार नगर्नुहोस् भन्दै राजेश हमालले राजेश पायललाई सुझाव दिएका छन् ।

राजेश पायलले भने आफू आफूले छानेकी यूवतीसँग बिहे गर्ने कि बाबु आमाले छानेकी यूवतीसँग बिहे गर्ने भनेर दोधारमा परेको बताए । जीवनभर साथ दिने साथी आफ्नै रोजाइमा छान्न पनि राइलाई मन छ । तर, आफूलाई जन्माएर ठूलो बनाउने बाबु आमालाई यती सानो कुरामा अधिकार किन नदिने भन्ने पनि लागेकाले दोधारका कारण बिहे नगरेको राजेश पायलको भनाई छ ।
rajesh-and-rajesh-payal
यी दुइविच बिबाहको कुरा एक अनलाइनको शुभारम्भ कार्यक्रममा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?