Comments Add Comment

क्रिसमसमा यसरी रमायो काठमाडौं ! (फोटो फिचर)

Christmas Celebration 2015 (16)

१० पुस, काठमाडौं । नेपाली समाज बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक छ । र, हाम्रो समाजले एक अर्काको धर्म र संस्कृतिलाई सहजरुपमा आत्मसाथ समेत गर्दै आएको छ ।

शुक्रबार त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा पुग्दा परम्परागत नेवारी पोशाकमा शान्ता क्लजको टोपी लगाएर सेल्फी खिचिरहेका युवतीले यस्तै सांस्कृतिक सहवरणको झल्को दिए ।

वर्ल्ड ट्रेड सेन्टरमा क्रिसमसको अवसरमा रमाएर नाचिरहेका युवायुवतीको निकै ठूलो भीड थियो । त्यहाँ वालवालिका पनि त्यसैगरी रमाइरहेका थिए । वल्ड ट्रेड सेन्टरको रौनक कुनै पश्चिमेली क्रिश्चियन धर्मावलम्बी राष्ट्रको भन्दा कम देखिँदैनथ्यो ।

Christmas Celebration 2015 (6)

क्रिसमस मनाएर झुमिरेहका केही मानिसलाई अनलाइनखबरले प्रश्न गर्दा थाहा भयो, त्यसरी रमाइलो गरिरहेका मध्ये कतिपय क्रिश्चिय धर्मावलम्बी भए पनि अधिकांश हिन्दुहरुसमेत थिए । कतिपय आफ्ना वालवालिकालाई रमाइलो गराउन पनि आएका थिए भने अधिकांश युवायुवती क्रिश्चियन धर्मप्रतिको सांस्कृतिक आकर्षणले भन्दा पनि रमाइलो गर्ने रहरले त्यहाँ बेला भएका थिए ।

कतिपय सहभागीले भने भूकम्प र नाकाबन्दीका कारण दसैं तिहारमा समेत खुशी मनाउन नपाएको भन्दै पीडा भुलेर खुशी मनाउन त्यहाँ आएको प्रतिक्रिया दिए ।

Christmas Celebration 2015 (8)

त्रिपुरेश्वरमा जस्तै कमलपोखरीको सीटी सेन्टरमा पनि क्रिसमसको रौनक छाएको थियो । शुक्रबार संयोगचाँहि परिस्थितिले नै के जुराइदियो भने नेवार समुदायले मनाउने यमरी पूणिर्माका साथै ज्यापु दिवस र क्रिसमस एकैदिन पर्न गयो, जसले गर्दा दुबै समुदायले एकैदिन उत्सव मनाए ।

नेवारी र क्रिश्चियन समुदायको मात्रै होइन, किरातीहरुको उधौली पर्व पनि शुक्रबार नै जुर्‍यो, जसले गर्दा तीनवटा समुदायले एकै दिन सेलिब्रेसन गरे ।

भिडियो 

Christmas Celebration 2015 (1) Christmas Celebration 2015 (2) Christmas Celebration 2015 (3) Christmas Celebration 2015 (7) Christmas Celebration 2015 (9) Christmas Celebration 2015 (10) Christmas Celebration 2015 (12) Christmas Celebration 2015 (13) Christmas Celebration 2015 (14) Christmas Celebration 2015 (15) Christmas Celebration 2015 (17)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment