+
+

साहरुखदेखि आमिरसम्मको सुरक्षा घटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २४ गते १५:००

srk-and-aamir-khan
मुम्बई प्रहरीले बलिउडका चर्चित कलाकारलाई दिदै आएको सुरक्षामा व्यापक फेरबदल गरेको छ । बलिउडका सर्वाधिक चर्चित नायक साहरुख खान, आमिर खानसँगै विभिन्न ४० जना सेलिब्रेटीको सुरक्षामा फेरबदल गरिएको छ । जसअनुसार उनीहरुको सुरक्षामा कटौती गरिएको भारतीय संचारमाध्यमले बताएका छन् ।

बलिउडका दुई चर्चित नायक साहरुख खान र आमिर खानले असहिष्णुताको बिषयमा बयान दिएपछि सुरक्षा बढाइएको थियो । तर, अब यी दुई कलाकारमाथि कुनै खतरा नभएको भन्दै सुरक्षा घटाइएको हो ।

असहिष्णुतामाथि बयान दिएपछि भारत सरकारले आमिर खानलाई ‘इन्क्रेडिबल इन्डिया’को ब्रान्ड एम्ब्यासडरबाट हटाइएको थियो ।

दुई हतियारधारी सुरक्षाकर्मी मात्र अब यी कलाकारको सुरक्षामा खटिनेछन् । साहरुख खान आफैले सुरक्षा घटाउनका लागि प्रहरीसँग प्रस्ताव गरेका थिए । मुम्बई प्रहरीका अनुसार अहिलेसम्म ४० जना बलिउड कलाकारलाई सुरक्षा दिने प्रवन्ध थियो ।

अब, यो घटाएर १५ जनामा पुर्‍याइएको छ । विधु विनोद चोपडा, राज कुमार हिरानी, फराह खान, करिम मोरानी लगायतका बलिउडकर्मीको सुरक्षा पूर्ण रुपमा हटाइनेछ । अक्षय कुमार, महेश भट्ट, अमिताभ बच्चन, दिलिप कुमार लगायतका कलाकारको सुरक्षा भने यथावत राखिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?