+
+

रेल वे सम्झौतालाई अन्तिम रुप दिन सार्क देशहरुको बैठक काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १०:४६

saarc_countries-flag-FINAL३० पुस, काठमाडौं । रेल वे सम्झौताबारे छलफल गर्न सार्क मन्त्रीस्तरीय बैठक फागुन पहिलो साथ काठमाडौंमा हुने भएको छ ।

सार्क सचिवालयले सबै सदस्य देशलाई पत्र पठाएर सम्झैताको मस्यौदामा छलफल गर्न आग्रह गरेको छ । सार्क अर्थमन्त्रीहरुको बैठक फागुन ३ र ४ गते बोलाइएको छ र यो बैठकले रेल वे र मोटर भेइकल सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने अपेक्षा गरिएको छ ।

बैठकमा सार्क देशहरुको यातायात मन्त्री वा सचिवहरुको सहभागिता रहने टुंगो लागेको छैन ।

सार्क देशहरुबीच रेल वे संजाल निर्माण सम्वन्धी सम्झौतामा काठमाडौंमा भएको १८ औैं सार्क सम्मेलनमा नै हस्ताक्षर गर्ने तयारी थियो । तर, पाकिस्तान सहमत नभएपछि सम्झौता हुन सकेको थिएन ।

अब सार्क सम्मेलन आयोजक पाकिस्तान नै भएकाले सम्झौताका लागि उसलाई दबाव परेको छ । १९ औं सार्क सम्मेलन २०१६ को अन्तिममा इस्लामाबादमा हुनेछ ।

सार्क देशमा आवद्ध नेपालसहित बंगलादेश, भुटान र भारतले भने मोटर भेइकल सम्झौता गरिसकेका छन् । सार्क देशहरुको मोटर भेइकल सम्झौताको मस्यौदामा सार्क देशमा बनेका गाडीहरुले मात्र देशबाट अर्को देशमा जान पाउने उल्लेख छ । तर, बंगलादेशले भने यसमा परिमार्जन चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?