+
+

दुनियाकै दयालु आमा, छोरीका लागि जन्माइदिइन् बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते ११:०८

dotter
छोरा वा छोरीले जन्माएका बच्चालाई नाति नातिनी भनिन्छ । अर्थात् आफ्नो सन्तानको सन्तानलाई नाति नातिनी भनिन्छ । तर अमेरिकामा भने एक महिलाले आफ्नै नातिनी आफै जन्माएकी छिन् अर्थात् आफ्नै सन्तानलाई नातिनी भन्न पाउने भएकी छिन् ।

अमेरिकाको ह्युस्टनमा एक महिलाले आफ्नै छोरीका लागि बच्चा जन्माइदिएकी छिन् । गर्भ नरहने समस्या झेलिरहेकी आफ्नै छोरीको सन्तानप्राप्तिको चाहनालाई मूर्तरुप दिनका लागि ती आमाले भाडाकी आमा बनेर ज्वाइँको शुक्रकिट र छोरीको डिम्बबाट टेष्टट्युब प्रविधिमा तयार पारिएको भ्रुणलाई गर्भाधारण गरी हालै बच्चा जन्माइदिएकी हुन् ।

समाचार अनुसार केली म्याककिसेक र उनका पति एरोनले पछिल्लो तिन वर्षदेखि सन्तान जन्माउने प्रयास गरिरहेका थिए । तर केलीको तिनपटक सम्म गर्भपात भयो र उनी अब आमा बन्न सक्ने सम्भावना निकै कम भएको थियो ।

दम्पतिले विभिन्न अस्पतालमा गएर गर्भाधारणका लागि उपचार पनि गराए तर परिणाम निस्किएन । केली आफैले टेष्टट्युब प्रविधिबाट गर्भाधारण गर्ने प्रयास गरेपनि सफल भएन । अन्त्यमा उनीहरुसँग टेष्टट्युब विधिबाट गर्भाधारणका लागि केवल ४ वटा डिम्ब मात्र बाँकी थिए ।

केलीले सन्तानको आशा लगभग मारिसकेको अवस्थामा उनकी ५४ वर्षकी आमा ट्रासी थम्पसन एकाएक इश्वर बनेर प्रकट भइन् ।

आमाले आफु सरोगेट मदर अर्थात् भाडाकी आमा बनेर गर्भाधारण गर्ने र छोरीका लागि बच्चा पाइदिने प्रस्ताव राखिन् । सुरुमा त अप्ठेरो लाग्यो तर केली दम्पतिले यसलाई स्विकार्नुको विकल्प थिए ।

आइभिएफ प्रविधिबाट केलीकी आमामा सफलतापूर्वक गर्भाधारण गरियो र ९ महिनापछि उनले स्वस्थ बच्चा जन्माइन् । वास्तवमा आफ्नी छोरीका लागि दुनियामा कसैले दिन नसक्ने नातिनी उपहार दिइन् केलीकी आमाले ।

आफ्नै आमाले जन्माइदिएको बच्चालाई आफ्नो सन्तान बनाउन पाएको र सन्तानलाभको खुसी दिलाइदिएकोमा केली दम्पति अहिले आमाप्रति नतमस्तक छन् । साधुवाद छ सन्तानका लागि यत्रो त्याग गर्ने यी आमालाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?