+
+

सिद्धार्थ डेभलपमेण्ट बैंकको ११ प्रतिशत बोनश सेयर पारित

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १५:४४

siddrtha-development-bank३० पुस, काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकको १५ औं तथा १६ औं बार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक बर्ष २०७१/७२ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका निमिक्त शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

साधारण सभाले बैंक सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्णचन्द्र सुबेदीबाट प्रस्तुत भएको आ.ब. २०७०/७१ तथा २०७१/७२ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण, सो संग सम्बन्धित अनूसुचीहरु समेत पारित गरेको छ । यसअधि साधारण सभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष सुबेदीले विगत ४ आर्थिक बर्षमा पहिलो पटक शेयरधनीलाई लाभांश दिन सफल भएकोमा खुशी व्यक्त गरे ।

साधारणसभाले एकता विकास बैंक लिमिटेड बुटवल तथा नेपाल आवास फाइनान्स लिमिटेड काठमाण्डौंलाई सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडमा गाभ्न यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरुलाई पारित गर्दै मर्जरका लागि अन्तिम स्विकृति प्रदान गरेको छ । मर्जर पछि बैंकको नाम सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड नै रहनेछ भने अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडकै तर्फबाट रहनेछन् ।

मर्जर पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड, निक्षेप ११ अर्ब ५० करोड, कर्जा लगानी ९ अर्ब ५० करोड, शाखा संजाल ३० तथा कर्मचारी संख्या २७२ हुने बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले भूकम्प तथा जारी आर्थिक संकटबाट राष्ट्रिय अर्थतन्त्र अप्ठ्यारो अवस्थाबाट गुज्रिएता पनि, चालु आ. ब. २०७२/०७३ को  प्रथम ६ महिनामा बैंकले समग्र व्यवसायमै २० प्रतिशत बृद्धि हाँसिल गर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?