+
+

कार्यदलको बैठक सकियो, त्रिपाठी भन्छन्-भोलि नै सहमति हुने आधार छैन

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १ गते १९:४७

3 party and morcha task force

१ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक भर्खरै सकिएको छ ।

सिंहदरवारमा बसेको बैठकमा तीन दलीय कार्यदलले संसद बैठक बस्नु अघि नै सहमति गर्ने तीन दलको निर्णय जानकारी गराएका छन् ।बैठकमा समग्र विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

बैठकपछि एमाओवादी महासचिव कृष्णबहादुर महराले छलफल सकारात्मक रहेको बताए ।

तमलोपाका नेता हृदयेश त्रिपाठीले भोलि नै सहमति हुन्छ भन्ने आधार नबनेको बताए । ४ गतेभित्र सहमति गर्ने तीन दलको निर्णयबारे सोधिएको प्रश्नमा उनले भने-‘सहमति नभए के हुन्छ ? प्रलय हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?