+
+

मलेसियामा नेपाली महावाणिज्य दूतको फोन नम्बर ‘हाइज्याक’

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ५ गते १९:३३

Datuk-Huan-Cheng-Guan

५ माघ, काठमाडौं । मलेसियाको पेनाङ राज्यका लागि नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो मोबाइल फोन नम्बर ‘हाइज्याक’ भएको दाबी गरेका छन् ।

पार्टी चिन्टा मलेसिया (पिसिएम) का उपाध्यक्षसमेत रहेका दातुक हुआन चेङ गुआनले तीन महिनायता आफ्ना चार वटा मोबाइल नम्बरहरु हाइज्याक भएको दाबी गरे । ‘यो मेरो चौंथो ह्याण्डफोन नम्बर हो र यसमा मोबाइल डाटासमेत छैन । मलाई लाग्छ कि फेसबुकमा मैले लेख्ने टिप्पणीहरुले गर्दा मलाई टार्गेट बनाइएको छ’ उनले भने ।

हुआनले आफ्नो फेसबुकबाटै मोबाइल नम्बर पत्ता लगाएर हाइज्याक गरिएको आशंका गरेका छन् । नेपालको महावाणिज्य दूतावास हेर्ने पेनाङ कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

हुआनले मोबाइल हाइज्याक भएपछि आफूलाई सेक्स तथा पैसाको सोधपुछका लागि दैनिक एक हजार सन्देशहरु एसएमएस र ह्वाट्सएममा आइरहेको खुलासा गरे ।

यसअघि अर्को पार्टी पिकेआरका उपाध्यक्ष राफजी राम्लीले आफ्नो मोबाइल नम्बर एउटा सेक्स हटलाइनको विज्ञापनमा छापिएपछि अनगिन्ति फोन र एसएमएस आइरहेको बताएका थिए ।

दातुक हुआनलाई नेपाल सरकारले एक बर्षअघि पेनाङका लागि अवैतनिक महावाणिज्य दूत नियुक्त गरेको थियो । उनी मलेसियन एयरफोर्सका सेवा निवृत्त उच्च अधिकारीसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?